शेयर बजारको प्राविधिक विश्लेषण तालिम हुँदै, सहभागीलाई स्मार्ट वेल्थ प्रो मा २० प्रतिशत छुट

४ बर्ष अगाडि

काठमाडौं, स्मार्ट वेल्थ प्रो ले शेयर बजारको प्राविधिक विश्लेषण तालिम आयोजना गर्ने भएको छ । यो तालिम आगामी चैत १४ गतेदेखि १८ गतेसम्म (२८ मार्चदेखि १ अप्रिल) चल्नेछ । तालिम प्रत्येक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ । यसको शुल्क भ्याटसहित २५ सय रुपैयाँ रहेको छ । 
 
तालिममा प्राविधिक विश्लेषणको आधारभूत अवधारणाका बारेमा सिकाइनेछ । प्राविधिक विश्लेषण के हो ? यसको के–कस्ता महत्वहरु रहेका छन् भन्ने बारेमा प्रकाश पारिनेछ । यसैगरी, प्रमुख प्राविधिक इन्डिकेटरहरु के–के हुन् ? यी इन्डिकेटरहरुले कसरी काम गर्छ अनि कसरी बुझ्ने भन्नेबारेमा पनि विस्तृतमा सिकाइनेछ । 
 
यसैगरी, प्राइस एक्सेन ट्रेडिङ के हो ? मार्केटका विभिन्न चरण, डाउ थोअरी, क्यान्डलिस्टिक प्यार्टन, चार्ट प्यार्टन लगायत प्राविधिक विश्लेषणका बेसिक अन्य महत्वपूर्ण पक्षका बारेमा सिकाइनेछ । यस तालिमका प्रशिक्षक सुदिश आचार्य रहेका छन् । 
 
सहभागीहरुलाई तालिम सामग्री निःशुल्क उपलब्ध गराइनेछ । यस्तै, तालिममा भाग लिनेले स्मार्ट वेल्थ प्रो मा २० प्रतिशत छुट पनि पाउनेछन् । तालिमका बारेमा विस्तृत जानकारीका लागि ९८०–२३२०९५६ कल गर्न सकिनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया