काठमाडौं, आज शनिबार (फागुन २८ गते) पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने केन्द्रीय बैंकले जानकारी गराएको छ ।
केन्द्रीय बैंकले विकास ऋणपत्र २०८७ ‘क’ र वैदेशिक रोजगार बचतपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको हो ।
आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया