कामना सेवा विकास बैंकद्वारा NEPALPAY QR को सुरुवात

४ बर्ष अगाडि

काठमाडौं-  कामना सेवा विकास बैंकद्वारा National Payment Switch अन्तर्गतको NEPALPAY QR  को लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई NEPALPAY QR  सुबिधा प्रदान गर्न सुरु गरेका छन् ।  यस मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको  ग्राहकहरुलाई QR Payment मार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ । 

NEPALPAY QR , नेपाल राष्ट्र बैंकले जारी गरेको र NCHL द्वारा संचालित त्तच् को माप्दण्ड कार्यान्वयन गर्ने प्रमुख पुर्वाधार हो जसले नेट्वर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसंचालनमा मद्दत गर्नेछ । कामना सेवा विकास बैंक National Payment Switch  मा आबद्ध हुने विकास बैंक मध्ये पहिलो विकास बैंक र NEPALPAY QR  लाई समर्थन गर्ने पहिलो विकास बैंक रहेको छ । यससँगै, कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकहरुले अब NEPALPAY QR मार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन्, जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको  वालेट वा connect IPS को मोबाइल बैंकिङ मार्फत यो सुबिधा प्रयोग गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया