रु.२ अर्बको नागरिक बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक,ब्याजदर कति र बिक्री खुला कहिले ?

४ बर्ष अगाडि

काठमाडौं,सरकारले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ। 

नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले चैत ३० गते नागरिक बचतपत्र २०८३ ‘क’ निष्कासन  गर्ने भएको हो । यो बचतपत्रको बिक्री खुला चैत १ गतेदेखि २० गतेसम्म गरिनेछ। 

पाँचवर्षे यो बचतपत्रको साँवा भुक्तानी २०८३ चैत ३० गते गरिनेछ। यो बचतपत्रमा १० प्रतिशत ब्याज (ब्याजकर लाग्ने) पाइनेछ। ब्याजको भुक्तानी ६–६ मा गरिनेछ। 

नागरिक बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा गर्नुपर्नेछ। 

यो बचतपत्र धितो राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया