सानिमा लाइफद्धारा ५ लाख मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । 

कम्पनीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुर निवासी स्वर्गीय देश बहादुर मुखियाको अकस्मात बिरामी भई निदान अस्पताल काठमाडौंमा मृत्यु भएपछि बिमा बापतको रकम उनको घरमै गएर प्रदान गरेको हो ।

कैलालीको लम्कीचुहा २ मोतिपुरमा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय मुखीयाका पत्नी हरिकला मुखियालाई ५ लाख रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गरिएको हो । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले उक्त चेक रकम हस्तान्तरण गरेका हुन् ।

बीमित मुखियाले २०७६ साउन २७ गते ३५ हजार रुपैयाँ तिरेर सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सानिमा दम्पती बीमा गराएका थिए । उनको गत कात्तिक २ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया