जाल्पा सामुदायिक लघुवित्तको १६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि मूल्यको आधारमा आइतबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।

यस्तै नेप्सेले लघुवित्तको शेयरलाई जेएएलपीए (JALPA) कारोबार संकेत प्रदान गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया