एनआईसी एशिया बैंकले विभिन्न एजेन्डासहित चैत २० गते डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा बोलाएको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले चैत २० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ। 

बैंकले गत आर्थिक वर्षका लागि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश रहेका थिए। 

नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकले लाभांश वितरणसम्बन्धी निर्णय रद्द गरेको छ। केन्द्रीय बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै लाभांश घोषणा तथा वितरणसम्बन्धी प्रस्ताव स्वीकृत नभएको जानकारी पठाएपछि बैंकले लाभांश वितरणसम्बन्धी निर्णय रद्द गरेको हो। 

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकका लागि निर्वाचन गर्नेछ। 

बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले चैत ८ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्। 


 

४ बर्ष अगाडि

प्रतिक्रिया