काठमाडौं- अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर आज (बिहीवार) फिल्म ‘प्रकाश’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
आउँदो भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा प्रदीप र अभिनेत्री दीया मास्के मात्र प्रस्तुत छन् ।
सार्वजनिक पोस्टरमा सामान्य खालको पुरानो सट लगाएर देखिएका प्रदीपले शिरमा सेतो रंगको टोपी र छातीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नाम लेखिएको झोला बोकेका छन् । झोला ठाउँ ठाउँमा सिलाइएको छ । प्रदीप यस प्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन् । त्यस्तै, दीयाले ऊनको पछ्यौरीले टाउकोमा ढाकेकी छन् भने नाकमा बुलाकी लगाएकी छन् ।
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ । डेब्यू फिल्मदेखि नै लभर ब्वाईको भूमिकामा देखिँदै आएका प्रदीप ‘प्रकाश’मा आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्किएका छन् । उनको लुक्स हेर्दा फिल्ममा उनले चुनौतीपूर्ण भूमिका निर्वाहा गरेको अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया