एशियन लाइफद्धारा ३ लाख ४७ हजार मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । 

कम्पनीले कावासोती ९ का स्वर्गिय प्रेम बहादुर घर्तिको परिवारजनलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले उक्त दाबी वापतको रकम स्वर्गिय घर्तिको श्रीमति शकुन्तलालाई हस्तान्तरण गरेको छ । 

उक्त रकम वापतको चेक कावासोती उपशाखा प्रमुख केशर बहादुर खत्री र कावासोती ९ नवलपुरका वडा अध्यक्ष नेत्र प्रसाद खतिवडाले संयुक्त रुपमा बीमितको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

मृत्यु दाबी वापत ३ लाख ४७ हजार दुई सय तीन रुपैयाँ भुक्तानी गरिएको हो । घर्तिको गत माघ १ गते असायमीक निधन भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया