ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

४ बर्ष अगाडि

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधाहरु उपलब्ध गराउने छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया