फुटबल प्रशिक्षणका लागि सिप्रदीयन सहायताको छात्रवृत्ति

३ बर्ष अगाडि

काठमाडौं-सिप्रदीयन सहायता संस्थाले काठमाडौँ किकर्ससंगको सहकार्यमा फुटबलमा इच्छुक र दक्ष भएको तर आर्थिक सहयोग चाहिएको बालबालिकाहरुलाई निःशुल्क फुटबल तालिमको लागि छात्रवृत्ति प्रदान गर्न लागेको छ । फुटबलमा योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई परीक्षणको अवसर प्राप्त होस् भन्ने मूल उद्देश्यको साथ यो कार्यक्रमको संचालन हुन गईरहेको छ । निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षको केटा र केटी दुवैले सहभागिता जनाउन सक्नेछन ।

निःशुल्क फुटबल तालिमको छनौट कार्यक्रम यहि शनिबार (फाल्गुन २८ गते) दिउँसो १२ बजे कुपन स्पोर्ट्स सेन्टर, बलुवाखानी, काठमाडौँमा हुन गइरहेको छ । हाल काठमाडौं किर्कस एकेडेमीमा स्कटिस प्रशिक्षक लि.मेनसनले प्रशिक्षण दिइरहेका छन ।

हाल काठमाडौँ भ्यालीमा बसोबास गर्ने १२ र १३ वर्षको बालबालिकालाई यस निःशुल्क फुटबल तालिममा छात्रबृत्ति कार्यक्रममा सहभागी हुन कम्पनीले आह्वान गरेको छ । कार्यक्रमको थप जानकारीको लागि ०१–४१६४३९२ मा सम्पर्क गरेर बुझन सकिनेछ ।

सिप्रदीयन सहायता संस्थाबारे जानकारी
सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो । यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ । साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पु¥याउने निष्ठा राखेको छ । यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पूनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया