नारायणगढस्थित नारायणी नदी किनारमा २२ गतेदेखि सञ्चालित यामाहा महा–एक्सचेन्ज मेलाको अवसर पारेर ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न संघ–संस्थाहरुमा आवद्ध भई सक्रिय रुपमा सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाईसकेका महिला अधिकारकर्मीहरुलाई सम्मान गरिएको छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको लागि चितवनको आधिकारिक बिक्रेता नविन अटो सेन्टर र एम ए डब्लु इन्टरप्राइजेज प्रा.लि.को संयुक्त आयोजनामा यामाहा महा–एक्सचेन्ज मेलाको तेश्रो दिन महिला अधिकारकर्मीहरुलाई सम्मान गरिएको थियो ।
नविन अटो सेन्टरकी संरक्षक मुनादेवी कर्माचार्यको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा असहाय महिला तथा वालवालिका पुर्नस्थापना केन्द्र आदर्श गृहकी अध्यक्ष, लैङ्गिक हिंसा विरुद्ध साझा अभियान चितवनकी संयोजक, महिला अधिकारकर्मी मिना खरेल, नमूना टोल विकास संस्थाकी अध्यक्ष, राजनीतिज्ञ एवम् समाजसेवी गौरी श्रेष्ठ, मञ्जुश्री असहाय संरक्षण केन्द्रकी केन्द्रीय अध्यक्ष मञ्जु खाँड, नारायणगढ लेडिज जेजिजकी अध्यक्ष एवम् समाजसेवी अनिता श्रेष्ठ अधिकारी, महिला फुटवल संघ चितवनकी अध्यक्ष अरुणा गुरुङलाई एक कार्यक्रमका बीच सम्मान गरिएको थियो ।
नविन अटो सेन्टरकी प्रोपाइटर सुनिता कर्माचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा असहाय महिला तथा वालवालिका पुर्नस्थापना केन्द्र आदर्श गृहकी अध्यक्ष मिना खरेलले व्यवसायिक यात्रामा रहेको यामाहाले महिलाहरुको मुख्य पर्वको रुपमा मनाइने नारी दिवसको अवसरमा आफूलाईलाई गरेको सम्मानले हर्षित बनाएको र सामाजिक उत्तरदायित्व वहन कार्यक्रममा नविन अटो सेन्टरले गरेको कार्य निकै प्रशंसनीय भएको बताए ।
सम्मान कार्यक्रमलाई नविन अटो सेन्टरकी संरक्षक मुनादेवी कर्माचार्यले धन्यवाद मन्तव्य सहित समापन गरेकी थिइन्।
प्रतिक्रिया