माघसम्ममा २ खर्ब भन्दा बढी सहुलियतुर्ण कर्जा स्वीकृत,१ लाख ४२ हजार बढीले लिए

४ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको माघ महिनासम्ममा २ खर्ब भन्दा बढी सहुलियतुर्ण कर्जा स्वीकृत भएको छ। केन्द्रिय बैंकको तथ्याँक अनुसार माघसम्ममा कुल २ खर्ब ५० अर्ब १४ करोड ४४ लाख ४५ हजार रुपैयाँ सहुलियतपुर्ण कर्जाको स्वीकृति भएको छ जसमा २ खर्ब १४ अर्ब ७८ करोड १० लाख ८५ लाख रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी छ।

सोही अवधीसम्ममा १ लाख ४२ हजार ३४४ जनाले सहुलियतपुर्ण कर्जा लिएका हुन् । सहुलियतपूर्ण कर्जाको लागि मात्र राष्ट्र बैंकले हालसम्म ११ अर्ब ५० करोड ८६ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिसकेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबाट १ लाख २० हजार ८७१ जनाले कर्जा लिएका छन्। जसमा २ खर्ब १७ अर्ब ७२ करोड २९ लाख २ हजार स्वीकृत भएकोमा १ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा बाँकी रहेको छ।

यस्तै, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत सबैभन्दा बढी ५८ हजार २६९ जनाले कर्जा माग गरेका छन् । यस्तै शिक्षित युवा स्वरोजगार कर्जा अन्तरगत जम्मा बैंकिङ् प्रणालीबाट १५१ जनाले मात्रै कर्जा लिएका छन्। गत असोजसम्म्मा १४९ रहेकोमा ४ महिनामा २ जनाले यस्तो कर्जाको स्वीकृति पाएका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया