काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ११२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ जनामा कोरोना परीक्षण गर्दा उक्तसंख्याबराबरमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४२९ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मर्नेको संख्या भने शून्य रहेको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ४९ जनाको ज्यान गएको छ ।
नेपालमा अहिले ५ हजार ३ सय ४० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ लाख २९हजार २८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया