बिहीबार शेयर बजारमा सकारात्मक माहोल, करिब साढे ५२ अंकको वृद्धि

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजार उच्च अंकले बढेको छ ।  लगातार घटेको बजारमा साताको अन्तिम कारोबार दिन भने सकारात्मक माहोल देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेको छ । नेप्से २.०८ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२४ अंकले बढेर ४९३.४३ विन्दुमा पुगेको छ ।

अन्तिम समयसम्म कारोबारमा कूल २२६ वटा कम्पनीको ५६ लाख १० हजार ६ सय ३१ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ  । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

यस्तै,बिहीबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ६५ लाख २९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ ५० पैसा पुगेको छ ।

यस दिन माउन्टेन इनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ३.०८ प्रतिशतले घटेर एक हजार एक सय रूपैयाँ कायम भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया