यूएईमा ३०० नेपाली पुरुष महिला कामदारलाई रोजगारीको अवसर, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - युएईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । यूएई सहरमा रहेको saned facility management l.l.c. कम्पनीले २५० जना पुरुष र ५० जना महिला गरी जम्मा ३०० जना नेपाली कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खान बस्न सहित ५३ हजार बढि पाउनेछ । इच्छुक वाईड स्पेस इनटरनेशनल प्रालिको कार्यालय गैरीधारा काठमाडौंमा चैत्र ३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,  भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया