इमर्जिङ्ग नेपालको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, कति पुग्यो शेयरमूल्य ?

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन( बिहीबार) नेप्सेमा इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३१ मा बढेर रु.३४१.५० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ६३ हजार ३९३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

गत शुक्रबार नेप्सेमा कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सूचीकृत भएको थियो । पहिलो कारोबारको लागि कम्पनीको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम रु.१०५.११  र अधिकतम रु.३१५.३३ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

पहिलो दिन आइतबार स्पेशल प्रि ओपन सेसनमा प्रतिकित्ता रु.२८७.१० पैसामा पहिलो कारोबार भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया