संखुवासभामा बस दुर्घटना,१४ जनाको घटना स्थलमै मृत्यु

३ बर्ष अगाडि

काठमाडौ- संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । 

मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ को पुलुड्ड स्थित सात घुम्तिमा दुर्घटना भएको हो ।

दुर्घटनामा १४ जनाको घटना स्थलमै मृत्यु भएको हो । हाल सशस्त्र प्रहरी र प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ । बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको थियो ।

त्यस्तै घाइते ५ जनाको उद्धार गरी थप उपचारको लागि हेलिकप्टरबाट धरान लगिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया