काठमाडौं- नेपाली चलचित्र जगतमा चक्लेटी अभिनेताको रुपमा परिचित छन् प्रदिप खड्का !
आज प्रदिप खड्का ३० वर्षमा प्रवेश गरेका छन् । उनको जन्मदिनको अवसरमा उनका थुप्रै फ्यानहरूले शुभकामना समेत दिइरहेका छन् ।
खड्का एक नेपाली अभिनेता, मोडल र नेपाली चलचित्रका निर्माता हुन् । चलचित्र ‘प्रेमगीत’ बाट नेपाली चलचित्रमा डेरा जमाएका प्रदिप खड्काको आज जन्मदिन हो । ‘प्रेमगीत’बाट नै खड्काको भाग्य चम्किएको मान्निछ । ‘प्रेमगीत’मा उनको अभिनयको प्रसंशा नगर्ने सायदै कमै होलान् । उनले सन् २०११ मा अभिनेता र निर्माताको रूपमा चलचित्र 'इस्केप'बाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए।
उनले सन् २०११ मै प्रदीप मिडिया सुरु गरेका थिए। उनको पहिलो चलचित्र इस्केप पनि यही प्रोडक्सनबाट तयार भएको थियो। यस चलचित्रमा रिमा विश्वकर्माले नायिकाको भूमिकामा अभिनय गरेकी थिइन्। तर उनको यो चलचित्र सफल हुन सकेन।
सन् २०१५ मा प्रेम गीतको समूह नयाँ अभिनेताको खोजीमा थियो। प्रदीपले त्यसमा अडिसन दिए र छनोट पनि भएका थिए। उनको यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्यो र उनी लोकप्रिय बन्न पुगे। प्रेम गीतको सफलतापछि त्यसैको भाग २ को रूपमा सोही टोलीले प्रेम गीत २ को निर्माण गरेको थियो। यस चलचित्रमा पनि प्रदीप खड्का नै नायकको भूमिकामा उत्रिएका थिए। यो चलचित्र पनि बक्स अफिसमा एक ब्लकबस्टर चलचित्रको रूपमा गनिएको थियो। सन् २०१८ मा आएर अर्को चलचित्र लिलि बिली पनि प्रदीपको निकै सफल चलचित्र बनेको थियो।
त्यसपछिको उनको चलचित्र रोजले पनि चर्चा बटुल्न सफल भएको थियो। यस चलचित्रमा उनले मिरुना मगरसँग अभिनय गरेका थिए। त्यसपछि उनले अभिनय गरेको चलचित्र लभ स्टेसनको बजारमा ब्यापक चर्चा रहेको थियो र चलचित्र सफल भएको निर्माताको दावी रहेको थियो।
यस्तै, उनी अभिनीत चलचित्र ‘प्रेमगीत ३’ रिलिजको पर्खाइमा रहेको छ । दुई वर्षअघि चैत २८ मा रिलिज गर्ने घोषणा गरिएको यो फिल्मको प्रदर्शन कोरोना महामारीका कारण रोकिएको छ । यसअघि फेरी फागुन १३ गते प्रदर्शन गर्न घोषणा गरेता पनि पुनस कोरोना महामारीका कारण रोकिएको छ । ठूलो लगानीमा निर्माण भएको 'प्रेम गीत ३' भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ।
प्रतिक्रिया