काठमाडौं - एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानीसम्बन्धी On-us (पठाउने र पाउने बैंक तथा वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरिएको छ ।
विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवं नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात कारोबार सीमा वृद्धि गरिएकोमा अब बैंक तथा वित्तीय संस्थाका ग्राहकले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रलमार्फत On-us मा २ अर्बसम्म र कर्पोरेटपेमार्फत पब्लिक नेटवर्कबाट On-us मा १ करोड र प्राइभेट नेटवर्कबाट On-us मा ५ करोडसम्म गर्न सक्नेछन् ।
वृद्धि गरिएको प्रतिकारोबार सीमा पठाउने र पाउने बैंक तथा वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक तथा वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोडसम्म र रियल टाइम भुक्तानी २० लाखसम्म नै लागू हुनेछ ।
थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया