बलेफी हाइड्रोपावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिने, कहाँबाट दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो । 

जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ ..(साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं . १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो । 

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ । 

लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैंक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर शाखा, महालक्ष्मी विकास बैंक खाडिचौर शाखा र सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले सूचना जारी गर्दै माग बमोजिमको दरखास्त नपरे पछि आवेदन दिन मिति थप गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया