रुसमा मेकडोनाल्ड्सले ८५० स्टोरहरु बन्द गर्ने, काकोलाको युक्रेनलाई साथ

३ बर्ष अगाडि

एजेन्सी - रुस र यूक्रेनबिचको युद्ध जारी छ । रुसलाई यूक्रेनमाथि आक्रमण गर्न अमेरिका लगायत विश्वका अन्य ठूला राष्ट्रहरु लागि परेका छन् ।

यी राष्ट्रहरुले कम्पनीलाई रुसमा आफ्ना सेवामा रोक लगाएका छन् । यसै क्रममा रुसको अर्थतन्त्रमा धक्का दिन पेप्सी, कोका कोला, मेकडोनल्ड्स र स्टार बक्सले पनि सबै सेवाहरुलाई अस्थायी रुपमा निलम्बन गरेको छ ।

मेकडोनाल्ड्सका अध्यक्ष र सीईओ क्रिस केम्पकिंस्कीले आफ्ना कर्मचारीहरुलाई एक खुला चिठी मार्फत् यूक्रेनले सामना गरिरहेको मानविय पीडालाई बेवास्ता गर्न नसक्ने बताएका छन् । उनले अस्थायी रुपमा ८५० स्टोरहरु बन्द गर्ने पनि जानकारी दिए । यद्यपी रुसमा रहेका ६२ हजार कर्मचारीहरुलाई भुक्तानी गरिरहने पनि उनले जनाएका छन् । तर अब कम्पनी फेरि कहिले खुल्ने भने कुनै अड्कल गर्न नसकिने पनि क्रिसले बताए ।

कोका कोलाले यूक्रेनमा दुखद घटना झेलिरहेका पिडितहरुसँग आफ्नो साथ रहेको एक विज्ञप्तीमा लेखेका छन् । मानवता रक्षामा योगदान दिनकालागि रुसमा भएको व्यापारलाई केहि समयकालागि रोक्ने कोका कोलाले बताएको छ । यद्यपी कोका कोलाले आफ्नो कारोबार आंशिक मात्र बन्द गरेको घोषणा गरेको छ । 

कोका कोलाको स्विजरल्याण्डमा रहेको साझेदार कम्पनी कोका कोला हेलेनिक बोटलिंग कम्पनीहरुको रुसमा १० बोटलिंग उद्योगहरु छन् जुन यसको सबैभन्दा ठुलो बजार हो । कोका कोला हेलेनिक बोटलिंग कम्पनीमा कोकको २१ प्रतिशत शेयर छ ।

यस्तै पेप्सिको र जनरल इलेक्ट्रिकले आफ्ना रुसी कारोबारहरु आशिंक रुपमा बन्दा गर्ने घोषणा गरेको छ । न्यूयोर्कको परचेजस्थित पेप्सीले रुसमा पिय पदार्थको बिक्री वितरणमा रोक लगाएको हो । कम्पनीले हरेक प्रकारको पूँजी लगानी र प्रचार लगायतका गतिविधिहरु पनि रोक्ने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया