काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको १५औं वार्षिक साधारण सभा चैत्र १८ गते होटल पोखरा ग्रान्ड, बिरौटा पोखरमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा हालै मात्र मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नदिएको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनश शेयर वितरण पश्चात कायम हुने कूल चुक्ता पुँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रतिक्रिया