काठमाडौं- नेष्डो समृद्ध लघुवित्तले निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरिसकेको छ।
गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ५६.८७ रुपैयाँ रहेको थियो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा प्रतिशेयर नेटवर्थ ४०७.५९ रुपैयाँको प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी १३२.८२ रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। कम्पनीको ओपनिङ कारोबार न्यूनतम २६० देखि ७८२ रुपैयाँसम्म हुनेछ। कम्पनीको प्रतिशेयर नेटवर्थ २६०.८४ रुपैयाँ रहेको छ।
कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार आईपिओमा कूल २५ लाख २७ हजार १ सय १ जनाले आवेदन दिएका थिए। त्यसमा ४ हजार १ सय ४६ जनाको आवेदन रद्द भइ बाँकी २५ लाख २२ हजार ९ सय ५५ योग्य आवेदकमध्ये ७७ हजार ४ सय ५६ आवेदकलाई १० कित्ताका दरले गोला प्रथामार्फत शेयर बाडँफाडँ गरिएको थियो ।
बाँकी तीन कित्ता शेयर २० कित्ताभन्दा धेरै आवेदन दिनेलाई एकएक कित्ताका दरले बाँडिएको थियो । कम्पनीले निष्कासन गरेको शेयरमा ५ प्रतिशत (४१ हजार ४३७) कित्ता सामूहिक लगानी कोषलाई, जारी पूँजी (२५ करोड ५० लाख रूपैयाँ) को ०.५ प्रतिशत (१२ हजार ७५०) कित्ता शेयर कर्मचारीलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत फागुन ११ गतेदेखि १५ सम्म आवेदन दिएका थिए।
कम्पनीले शेयर बाँडफाँट कार्यक्रममा लगानीकर्ताहरूलाई १०० प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता रहेको दावी गरेको छ। कम्पनीको वित्तीय सूचक सबै हिसाबले उत्साहजनक रहेकोले लगानीकर्ताले राम्रै नाफा कमाउन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया