साउदी अरबमा आकर्षक तलबसहित नेपाली पुरुष कामदारको माग, हवाई टिकट पनि निशुल्क

३ बर्ष अगाडि

काठमाडौं- साउदी अरबको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । साउदी MOFARREH ALHARBI AND PARTNERS कम्पनीले ट्रक ड्राइभरका लागि ६६ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ५८ हजार बढि पाउनेछ । इच्छुक कामदारले मादी Work Force Services Pvt. Ltd. कार्यालय काठमाडौंमा चैत्र २ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,भिसा स्ट्याम्पीङ शुल्क  हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया