प्राइम बैंक ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, कति प्रतिशत दिदैँछ ब्याज ?

४ बर्ष अगाडि

प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । 

बैंकले १० वर्ष अवधिको '१०% प्राइम डिबेञ्चर, २०८८' को नाममा २ अर्ब ५० करोड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो । 

सेबोनले फागुन २३ गते अनुमति प्रदान गरेको हो । निष्कासन गरिने कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया