काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६८ तथा एन्टिजेन विधिबाट १५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थप २९१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । सङ्क्रमितको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ । देशभर ५ हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।
प्रतिक्रिया