नेपाल टेलिकमसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कम्पनीले कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो दिन (बुधबार) शेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको छ । 

आज २ अर्ब ३५ करोड २३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, एनआइसी एशिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९ करोड ३८ लाख रुपेयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया