शेयर बजारमा भारी अंकको गिरावट, २५०० बिन्दु नजिक नेप्से

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो दिन (बुधबार) शेयर बजार उच्च अंकले घटेको छ । सोमबार सुधारको संकेत दिएको बजार आज फेरी उच्च अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको छ । नेप्से १.१९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा पुगेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै व्यापार समूह घटेको छ ।

बुधबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १० करोड ५२ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज माउन्टेन इनर्जीको शेयरमूल्य ८.१० प्रतिशतले बढेर एक हजार एक सय ३५ रूपैयाँ पुगेको छ । 

यस दिन विशाल बजार कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ५.७८ प्रतिशतले घटेर प्रतिकित्ता ४ हजार एक सय ९३ रूपैयाँमा झरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया