माउन्टेन इनर्जीसहित यी कम्पनीका लगानी कर्ताले सर्वाधिक कमाए, कुनले कति ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो दिन (बुधबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार झिनो अंकले बढेर बन्द भएको शेयर बजार आज ३०.२९ अंकले घट्न पुगेको छ ।

नेप्सेमा सो अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीमा माउन्टेन इनर्जी रहेको छ । कम्पनीको शेयरमूल्य ८.१० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार १३५ पुगेको छ । 

यस्तै,इमर्जिङ नेपाल लिमिटेडको ३.९९ प्रतिशत, आइसिएफसि फाइनान्सको ३.९५ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको २.१० प्रतिशत र प्रभु इन्स्योरेन्सको १.९५ प्रतिशतले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया