एलआईसीले पायो अहिलेसम्मकै ठूलो आईपीओ निष्कासनको अनुमति, कति कित्ता ?

४ बर्ष अगाडि

एजेन्सी - भारतको सेयर बजार नियामक सेबीले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया ९एलआईसी० को आईपीओलाई निष्कासन अनुमति दिएको छ । 

सेबीको अनुमतिसँगै एलआईसीको आईपीओ यही मार्च महिनाभित्र निष्कासन हुन सक्ने अनुमान गरिएको छ । बजार नियामकमा दर्ता गरिएको रेड हेरिङ प्रोस्पेक्टस (डीआरएचपी) का अनुसार भारत सरकारले एलआईसीको आईपीओअन्तर्गत ३१.६ करोड कित्ता सेयर बेच्नेछ ।

एलआईसीको आईपीओ भारतीय सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ हुनेछ । सूचीकरणपछि एलआईसीको बजार मूल्यांकन आरआईएल र टीसीएसजस्ता शीर्ष कम्पनीको बराबर हुनेछ । यसअघि पेटीएमको आईपीओ सबैभन्दा ठूलो थियो । यो कम्पनीले गत वर्ष आईपीओबाट भारु १८ हजार ३०० करोड उठाएको थियो ।

हालै भारत केन्द्रीय मन्त्रिपरिषद्ले एलआईसीको आईपीओमा विदेशी लगानीकर्तालाई समावेश गर्न एफडीआई नीति परिवर्तन गरेको थियो। यो परिवर्तनअन्तर्गत एलआईसीको आईपीओमा स्वचालित रुटअन्तर्गत २० प्रतिशतसम्म विदेशी लगानीलाई अनुमति दिइएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया