काठमाडौं- उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने Docsumo, एक डकुमेन्ट एआइ स्टार्टअपले हालै बीज पूँजीमा ३.५ मिलियन डलर ( करिब ४३ करोड नेरु) उठाएको छ। यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह स्थापना गरेका थिए। स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित छ जसले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्दछ।
Fifth Wall, Arbor Realty Trust र वर्तमान लगानीकर्ता Better Capital को सहभागितामा Common Ocean द्वारा राउण्डको नेतृत्व गरिएको थियो । स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ ।
बिक्रम डेटा एन्ट्री क्लर्क थिए र उनले प्रत्यक्ष रुपमा नै म्यानुअल एन्ट्री गर्न कति गाह्रो र दिक्कलाग्दो हुन्छ भनेर अनुभव गरेका थिए । वास्तवमा, अधिकांश कागजात मिलाउने प्रक्रिया एशियाली देशहरू जस्तै भारतमा आउटसोर्स गरिन्छ, जहाँ ठुलो संख्यामा मानिसहरू वित्तीय सेवाहरूको लागि आवेदनहरू प्रक्रिया गर्छन् । टिमले मानिसले गर्ने मुख्य पक्ष टेक्स्ट पढ्नेलाई स्वचालित गर्न मेशिन लर्निङ प्रविधि लागू गर्दैछ ।
लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन् । हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुग्ने योजनामा छौं। हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो। '
पछिल्लो १२ महिनामा, Docsumo र ले मुम्बई र काठमाण्डौंमा आफ्नो टिम बढाएको छ र ६ गुणा आयवृद्धि अनुभव गरेको छ । यसले हाल संयुक्त राज्य अमेरिका (US), EU र एशियाका प्रमुख उद्यमहरूलाई सेवा दिन्छ,। Docsumo पहिला सन् २०२० मा Techstarsलण्डन एक्सेलेटरको हिस्सा थियो र Barclays, Sequoia, Jupiter Money & का जितेन गुप्ता र पाइन ल्याब्सका अमरिश राउबाट प्रि सीड
राउन्ड उठाएको थियो।
'हामीले हाम्रा पोर्टफोलियो कम्पनीहरूमा Docsumo को प्रविधि प्रयोग गरेका छौं र महत्वपूर्ण व्यापारिक निर्णयहरू स्वचालित गर्नमा यो कत्तिको प्रभावकारी छ भनेर प्रत्यक्ष देखेका छौं । यस टिमसँग काम गर्न पाउँदा एकदमै रमाइलो लागेको छ र हामी उहाँहरूको यात्रामा सामेल हुन उत्साहित छौं किनभने यसले उनीहरूले कामको प्रक्रियाहरूमा AI/ML लागू गर्ने अवसरहरू अनलक गर्छन्,' भनेर राउण्डको नेतृत्व गर्ने ऋयmmयल इअभबल का जनरल पार्टनर इगोर युलिसले टिप्पणी गरे ।
यस नयाँ लगानीसँगै, Docsumo ले थप प्रयोगका केसहरू ( ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणिकरण, वित्तीय ठगी पत्ता लगाउने, अन्डरराइटिङका लागि डेटा, र विश्लेषकहरूले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक कार्यहरू समेट्नका लागि आफ्ना उत्पादनहरू बढाउने योजना बनाएको छ । कोभिडले उद्यम स्वचालन र व्यापारका प्रक्रियाहरूको थप एपीआई(फिकेशनलाई अगाडि बढाएको छ, यी दुवै हाम्रो सफ्टवेयरलाई छिटो अंगाल्न सघाउ गर्ने उत्कृष्ट सहयोगी तत्वहरू हुन् ।' रुषभले भने ।
प्रतिक्रिया