हत्याको आरोपमा १५ वर्षपछि बहराइनबाट एक जना पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - एक व्यक्तिको हत्याको आरोपीलाई प्रहरीको इन्टरपोल शाखा मार्फत बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ । कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ १५ वर्षपछि पक्राउ परेका हुन् । 
 
विसं २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारका क्रममा सोही बर्ष जेठ २ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेका आरोपी गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए ।

उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा ‘रेड नोटिस’ जारी गरिएको थियो ।

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरी मंगलबार नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने जनाइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया