रोजगारीमा व्यापक सुधार ल्याउन १ अप्रिलदेखि मलेसियाले अन्तर्राष्ट्रिय सिमाना पूर्णरूपमा खुलाउने

३ बर्ष अगाडि

काठमाडौं - मलेसियाले आगामी अप्रिल पहिलो तारेखदेखि आफ्नो अन्तर्राष्ट्रिय सिमाना पूर्णरूपमा खुलाउने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मंगलबार मलेसियाका प्रधानमन्त्री इस्माईल साब्री याकुबले उक्त घोषणा गरेका हुन् । 

सबै प्रकारका अन्तर्राष्ट्रिय सिमाना खुला भएपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परि त्यसले रोजगारीमा व्यापक सुधार ल्याउने उनले बताए । मलेसियाले आप्रवासी कामदार भित्र्याउने नीति यसअघि नै कार्यान्वयन गरेकोे छ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी पछि मलेसियाले सन् २०२० को मार्चपछि आफ्नो सबै अन्तर्राष्ट्रिय सिमा बन्दगरी अन्तर्राष्ट्रिय आवागमनमा रोक लगाएको थियोे । 

प्रधानमन्त्री याकुबले अप्रिल पहिलो तारेख पछि अवस्था कोभिड पहिलेको जस्तै सामान्य बन्ने बताए । उनले मुलुकको पर्यटन क्षेत्र पहिले जसरी नै चल्ने अपेक्षा गरेको भन्दै सोही अनुसार तयारीमा लाग्न समेत व्यवसायीहरूलाई आग्रह गरे ।मलेसियाले कम्बोडिया र थाइल्याण्डसँगको ‘एयर भिटिएल’ कार्यक्रम गत मार्च १५देखि नै शुरू गरेको छ । 

प्रधानमन्त्री याकुबले विदेशी यात्रुलाई अध्यागमन विभागको ‘माई ट्राभल पास’ अनिवार्य नगरिएको भन्दै मलेसिया प्रवेश गर्ने विदेशी यात्रुले ‘माई सेजाहतेरा’ एप्लिकेसन डाउनलोड गरेर आफ्नो विवरण अफलोड गरेमात्र पुग्ने पनि जानकारी दिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया