काठमाडौं - सनराइज बैंकले नारी दिवसको अवसर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने घोषणा गरेको छ ।
बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्तालाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने भएको छ । यसका साथै यो खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च र ८० हजार रुपैयाँसम्म अस्पताल भर्ना भएर उपचार गरेको खर्च पाइने छ ।
महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले आफूहरुले फरक खालको योजना ल्याएको बैंकले जनाएको छ । यसबाट महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन र उनीहरुलाई सशक्तीकरण गर्न सहयोग पुग्ने बैंकको आशा छ ।
बैंकले यस्तो स्वास्थ्य बीमा योजना उपचार खर्च नेपालको अस्पतालहरुबाहेक भारतका ७० वटा अस्पतालमा उपचार गर्दा पनि पाइने र सिंगारपुर तथा थाइल्यान्डका अस्पतालमा उपचार गर्दाको खर्च दिने तयारी भइरहेको जनाएको छ ।
प्रतिक्रिया