जापानले माग्यो नेपाली कामदार, मासिक तलब २ लाख १६ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । जापानको विभिन्न सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि १० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब १ लाख ५२ हजार माथिदेखि २ लाख १६ हजार बढि पाउनेछ । खान बस्नको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले रोयल ओभरसिज नेपाल प्रालिको कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गर्नु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा शुल्क र हवाई टिकट निशुल्क रहेने छ । भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया