आर्थिक प्रतिबन्धपछि रुसी धनाढ्यद्वारा क्रिप्टोकरेन्सीको प्रयोग, अध्ययन अघि बढाउन बाइडेनको आदेश

४ बर्ष अगाडि

एजेन्सी - क्रिप्टोकरेन्सी सम्बन्धी अध्ययनमा लामो समय देखि प्रतिक्षा गरिएको कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्ने भएका छन् ।

बाइडेनले अमेरिकी केन्द्रिय बैंकको डिजिटल मुद्राको वैधानिक एवं आर्थिक पक्षका बारेमा अध्ययन गर्न अमेरिकी न्याय विभाग, ट्रेजरी विभाग लगायतका अन्य विभागहरुलाई अध्ययन अघि बढाउन आदेश दिएका छन् । १८० दिनको अध्ययन समय दिई बाइडेनले मुद्राको भविष्य र विकसित परिदृश्यमा क्रिप्टोकरेन्सीको भूमिका कस्तो रहन्छ भन्ने बारेमा अध्ययन गर्न सुझाएका छन् ।

अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै गर्दा रुसी धनाढ्यहरुले क्रिप्टोकरेन्सीको प्रयोग गरेपछि बाइडेनले उक्त आदेश दिएका हुन् । यसका अतिरिक्त क्रिप्टोकरेन्सी माइनिङले वातावरणमा पार्ने असर र यसको बजार व्यवस्थापन लगायत क्रिप्टो विकासमा आवश्यक पर्ने टेक्निकल पूर्वाधारको बारेमा पनि अध्ययन अघि बढाउने ह्वाइट हाउस निकट स्रोतले बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया