ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल, सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने

४ बर्ष अगाडि

काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले रजिष्ट्रार टू शेयर (आरटिएस) को कार्य गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । सोमबार २ संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतपत्रमा ग्रीन भेन्चर्सको तर्फबाट प्रमुख वित्तीय अधिकारी अनिल अग्रवाल र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार ग्रीन भेन्चर्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु लक्ष्मी क्यापिटलले गर्नेछ ।

ग्रीन भेन्चर्स लिमिटेडले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो । अब कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने तयारी गरेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया