२० हजार बढी युक्रेनी नागरिक टर्की पुगे

३ बर्ष अगाडि

एजेन्सी - युक्रेनमा रुसले सैन्य हमला गरेपछि युक्रेनका नागरिकहरु भागेर विदेशिएका छन् । 

त्यस क्रममा २० हजार बढी युक्रेनी नागरिक भागेर टर्की पुगेका बताइएको छ । टर्कीका अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबार सम्ममा युक्रेनबाट भागेर २० हजार ५५० जना नागरिक टर्की पुगेका छन् । 

रुसले युक्रेनमाथि गएको फेब्रुअरी २४ मा सैन्य हमला गरेको थियो । त्यसपछि आक्रमणको त्रासले यहाँबाट नागरिक भाग्ने क्रम सुरु भएको थियो । त्यसै क्रममा गएको फेब्रुअरी २४ देखि आइतबारसम्ममा २० हजार ५५० जना युक्रेनी नागरिक टर्की पुगेका बताइएको छ । 
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया