काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्थाले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड येलो पेगोडा होटल, जमल, काठमाडौँमा सम्पन्न भएको हो ।
आईपीओ बाँडफाँडमा ८ को संयोग देखिएको छ । ८ तारिखका दिन बाँडफाँड भएको आईपीओको लक्की नम्बर पनि दुवैचोटी ८ नै निस्किएको छ । यही ८ नम्बरलाई नै आधार बनाएर आईपीओ बाँडफाँड गरिएको छ ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाले २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, ४ हजार १ सय ४६ जनाको आवेदन रद्द थियो । २५ लाख २२ हजार ९ सय ५५ जना योग्य थिए ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेको हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।
प्रतिक्रिया