एजेन्सी - अन्तरराष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड) को मूल्य प्रतिब्यारेल १२७ डलर नाघको छ । कच्चा तेलको मूल्य अद्यावधिक राख्दै आएको ओइलप्राइस डटमकमका अनुसार मंगलवार बिहान कच्चा तेलको मूल्य १२७ डलर प्रतिब्यारेल नाघेको हो ।
आइतवार एक समय १३७ डलरसम्म पुगेको कच्चा तेलको भाउ दिनको अन्त्य हुँदा १२६ डलरमा झरेको थियो । सोमवार पनि एक समय १३१ डलरसम्म पुगेको भाउ अन्त्यमा १२३ डलरमा बन्द भएको थियो । पछिल्लो २ दिनको ट्रेण्ड हेर्दा तेलको मूल्य घट्दोक्रममा देखिएको छ ।
मंगलवार बिहान अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२७.८ डलर पुगेको छ । सोमबार साँझ कच्चा तेलको मूल्य १२३ डलर प्रतिब्यारेल रहेको थियो ।
प्रतिक्रिया