नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड : २४ लाख ४९ हजार बढिको हात खालि, कसरी हेर्ने नतिजा ?

४ बर्ष अगाडि

कापठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज दिउँसो साढे १ बजे नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो । आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा राखिएको थियो । 

यो संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो ।

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरिएको थियो ।

क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख २७ हजार १०१ आवेदकबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो । तीमध्ये ४ हजार ११६ जनाको आवेदन रद्द भएका छन् भने २५ लाख २२ हजार ९५५ आवदेकको आवेदनमात्र सदर भएको छ । 

मागभन्दा बढीको आवेदन परकोले सदर आवेदकमध्ये गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । दोस्रो चरणको गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्ये ३ जनाले थप १–१ कित्ताको दरले सेयर पाएका छन् । आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६४५ जना आवेदकको हात खाली भएको छ । 

कसरी हेर्ने नतिजा 
आईपीओको नतिजा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com तथा सीडीएससीको iporesult.cdsc.com.np र सीडीएससीकै मेरो सेयर वेबसाइटबाट पनि हेर्न सकिन्छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया