एजेन्सी - कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध लगाउने जस्ता थप निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयले 'हामी सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेर रुस विरुद्ध थप प्रतिबन्धहरू सम्बन्धी विवरणहरू घोषणा गर्नेछौं' भन्ने उल्लेख गरेको छ । मन्त्रालयले उक्त निर्णय अमेरिकालगायत सम्बन्धित देशलाई पनि जानकारी गराउने योजना बनाएको छ ।
जापानको विदेश मन्त्रालयद्वारा प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक
जापानी विदेश मन्त्रालयले युक्रेनको अवस्थाको सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको छ । त्यसैगरी अन्य २० रुसी र १२ बेलारूसी नागरिकहरू विरुद्ध व्यक्तिगत प्रतिबन्धहरू समेत लगाएको छ ।
साथै दुई थप रूसी र १२ बेलारूसी संगठनहरू विरुद्ध पनि प्रतिबन्ध लगाएको छ । साथै सशस्त्र बलहरू, कानून प्रवर्तन एजेन्सीहरू र खुफिया संगठनहरू सहित बेलारूसी रक्षा मन्त्रालयको लागि निर्यात प्रतिबन्ध लगाइएको छ ।
व्यक्तिगत प्रतिबन्धहरू विशेष गरी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ, चेचेन नेता रमजान कादिरोभ, व्यापारी बोरिस रोटेनबर्ग र अलीशेर उस्मानोभ र अन्यमाथि लगाइएको हो । जापानले रुसलाई तेल प्रशोधन गर्ने उपकरण निर्यातमा पनि प्रतिबन्ध लगाएको जापानी विदेश मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया