अब एनसेलका ग्राहकले ५१ पैसामा प्रतिमिनेट भ्वाइस सेवा लिन सक्ने, सबै नेटवर्कमा सुपथ मूल्यमै कुराकानी गर्न मिल्ने

३ बर्ष अगाडि

काठमाडौं - एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सकिने छ ।

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरु प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । सोमबार ९फागुन २३० देखि सञ्चालनमा आएको अफरअन्तर्गत ग्राहकले करसहित १४ देखि ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकहरुबाट फाइदा लिन सकिने छ । यी भ्वाइस प्याकहरुमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सकिने छ ।

ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ मा लिन सकिने छ भने ३ दिन समयसीमा रहेको ६५ टक टाइम ४५ मा सुचारु गर्न सकिने छ । त्यसैगरी ९४ मा ७ दिन समयसीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिने छ । 

अलि धेरै समयसीमासहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सकिने छ । यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेको दुईवटा अन्य प्याकहरु पनि छन् । 

जसअन्तर्गत ग्राहकले २६५ मा ४७५ मिनेट टक टाइम र  ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सकिने छ । आफ्नो आवश्यकताअनुसार ग्राहकले यीमध्ये कुनै पनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सकिने छ । 

आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया