कुवेतमा नेपाली पुरुष महिला कामदारलाई वैदेशिक रोजगारको अवसर, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - कुवेतको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको play enterprises general trading and contracting company w.l.l.कम्पनीले विभिन्न पदका लागि ८३ जना पुरुष कामदार र ८९ महिला गरी जम्मा १७२ जना नेपाली कामदारको माग गरेको छ । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३२ हजार माथिदेखि ६० हजार बढि पाउनेछ । इच्छुक कामदारले फोकस नेपाल ओभरसिज  प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा चैत्र १ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।  हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया