कसरी भयो नेपाली रुपैयाँको मूल्य कमजोर ?

४ बर्ष अगाडि

काठमाडौं - अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च बनेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी मुद्रा (डलर) को बिक्री दर १२३.४४ रुपैयाँ र खरिद दर १२२.८४ रुपैयाँ रहेको छ । 

यो अहिले सम्मकै उच्च खरिद बिक्री दर हो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा वृद्धि भएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समय यता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो।

४ बर्ष अगाडि

प्रतिक्रिया