विश्व बैंकले अनुमोदन गर्‍यो युक्रेनका लागि ७० करोड डलरको प्याकेज

४ बर्ष अगाडि

एजेन्सी - विश्व बैंकले युक्रेनका लागि ७० करोड डलरबराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ ।

उक्त रकम अस्पतालका कर्मचारीलाई तलब खुवाउन, वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई दिइने विश्व बैंकले जनाएको छ । 

विश्व बैंकको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क, लाटिभिआ, लुथिआनिआलगायत देशले पनि सहयोग गरेका छन्। केही रकमका लागि स्विडेन र द नेदरल्यान्ड्स जमानी बस्ने भएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया