एजेन्सी - युक्रेनमाथि रुसले हमला सुरु गरेपछि विभिन्न कम्पनीहरुले रुसमा दिँदै आएका आफ्ना सेवासुविधामा प्रतिबन्ध लगाउदै आएका छन् । यसै क्रममा भिसा र मास्टर कार्डले पनि आफूले रुसी बैंकहरुसँगको समन्वयनमा दिँदै आएका सेवा सुविधा बन्द गरेका छन् ।
भिसा र मास्टर कार्डले सेवा सञ्चालनमा प्रतिबन्ध लगाएपछि रुसी बैंकहरुले युनियन पे कार्ड जारी गर्ने भएका छन् । रुसी बैंकले भिसा र मास्टर कार्डको प्रयोग गरी जारी गरेका क्रेडिट कार्डले मार्च ९ पछि अन्तर्राष्ट्रिय बजारमा काम गर्न छाड्नेछन् । तर रुसका आन्तरिक प्रयोगकर्ताहरुले कार्डको अवधि रहेसम्म प्रयोग गर्न पाउनेछन् ।
अमेरिका, युरोप, जापान, क्यानडा, इटली लगायतका देशहरुले प्रतिबन्ध लगाउँदा, त्यसै देशहरुका कम्पनीहरुले पनि रुसमा प्रतिबन्ध लगाएका छन् । ती प्रतिबन्ध लगाउने कम्पनीहरुको सूचीमा भिसा र मास्टर कार्ड पनि थपिएका छन् ।
यसै सन्दर्भमा रुसी केन्द्रीय बैंकले चीनको युनियन पे कार्ड जारी गर्ने भएको छ । हालसम्म युनियन पे कार्डले १८० देशमा सेवा सञ्चालन गरेको छ ।
प्रतिक्रिया