माइक्रोसफ्टद्धारा २ अर्ब अमेरिकी डलरको लागतमा चौथो डाटा सेन्टर भारतमा स्थापना

३ बर्ष अगाडि

एजेन्सी - माइक्रोसफ्ट कर्पोरेशनले भारतमा आफ्नो चौथो डाटा सेन्टर स्थापना गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त सेन्टर कुल २ अर्ब अमेरिकी डलरमा निर्माण गरिएको हो । नयाँ डाटा सेन्टर दक्षिण भारतको तेलाङ्गानामा रहेको छ । पब्लिक कलाउड सर्भिसमा गरिने लगानी एक पटकको मात्र नभई लगातार र पटक–पटक गरिने लगानी हो । 

विगत दुई वर्षमा हामीले पूर्व निर्माधीन तीन कम्पनीको क्षमता वृद्धि गरी दोब्बर गराएको माइक्रोसफ्ट भारतका प्रमुख अन्नत महेश्वरीको दाबी रहेको छ ।

हालसम्म माइक्रोसफ्टले ३ लाख ४० हजार कम्पनीहरुसँग काम गरिसकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया