के हो क्रेडिट रेटिङ ?, कति अवधिसम्म वैध रहन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - कुनै पनि कम्पनी, यसको धितोपत्र निष्कासन तथा ऋण प्राप्ति कार्यक्रममा निष्कासनको सर्त अनुसार निष्कासनकर्ताको ऋण ९दायित्व० भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिम बारे सरल र बुझ्न सकिने सांकेतिक सूचकको रुपमा संस्थाले दिएको राय नै क्रेडिट रेटिङ हो । 

रेटिङले कसरी लगानीकर्तालाई मद्दत पुर्याउँछ ?
क्रेडिट रेटिङले लगानीकर्तालाई जोखिम–प्रतिफल प्राथमिकताको आधारमा जानकारीसहित लगानी निर्णय लिनको लागि अत्यावश्यक जानकारी प्रदान गर्दछ । उपलब्ध विभिन्न विकल्पहरू मध्येबाट उपयुक्त लगानी अवसर छनोट गर्नसमेत यसले सहयोग पुर्याउँछ ।

क्रेडिट रेटिङ कसरी गरिन्छ ?
क्रेडिट रेटिङ गर्दा व्यवस्थापनको गहन अध्ययनका साथै कम्पनीको सबल तथा कमजोर पक्षको मूल्यांकनको आधार हेरिन्छ । यसमा निहित बचाउ कारक, बजार रणनीति, प्रतिस्पर्धात्मक धार, प्रविधि विकास स्तर, सञ्चालन क्षमता, व्यवस्थापकीय सक्षमता तथा प्रभावकारिता, जोखिम बचाउ व्यवस्था, नगद प्रवाह, वृद्धि प्रवृत्ति तथा सम्भावना, तरलता, वित्तीय लचकता, सरकारी नीति, विगतको ऋण शोधन रेकर्ड, सम्भावित व्यवसायिक–आर्थिक परिस्थितिमा हुने परिवर्तन संवेदनशीलता बारे हेरिन्छ ।

रेटिङ कति अवधिसम्म वैध रहन्छ ?
रेटिङ गरिसकेपछि सम्बन्धित कम्पनीले जारी गर्न लागेको वा सम्बद्ध उपकरणको अवधिभर नै कम्पनी रेटिङको अनुगमन गरिन्छ । यो प्रकृयालाई सर्भिसेस भनिन्छ । सर्भिसेस अवधिभर कम्पनीलाई प्रभावित पार्ने सबै परिवर्तनको लेखाजोखा गरिन्छ । आवश्यकता अनुसार रेटिङ तल, माथि वा परिवर्तन गरिन्छ । रेटिङ परिवर्तन गरेको अवस्थामा बाहेक उपकरणको अवधिभर नै रेटिङ कायम रहन्छ ।

रेटिङ पछाडि रहने प्लस वा माइनसले के बुझाउछ ?
रेटिङ सङ्केतको पछाडि प्रयोग गरिएको प्लस वा माइनस चिन्हले सङ्केतले समेटेको समूहभित्र उपकरणको तुलनात्मक स्थितिलाई जनाउँछ । यसरी ए ए माइनसको स्थिति ए प्लस माइनस भन्दा एक चिन्ह माथि भन्ने बुझाउँछ ।

क्रेडिट रेटिङ के होइन ?
क्रेडिट रेटिङ भनेको रेटिङ गरिएको धितोपत्र खरिद गर्ने वा बिक्री गर्ने वा स्वामित्वमा लिई राख्ने सिफारिस होइन । यो राय मात्रै हो । कुनै खास क्रेडिट रेटिङ राय निश्चित आयका लगानीकर्ताले जोखिम सम्बन्धमा विचार पुर्याउनुपर्ने तरलता जोखिम, पूर्व भुक्तानी जोखिम, ब्याजदर जोखिम, दोस्रो बजारमा घाटा हुने जस्ता जोखिमका अन्य विभिन्न कारकहरू मापन गर्न लक्षित हुँदैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया